

कपिलवस्तुका विभिन्न ३ पालिकामा चिसोका कारण दिइयाे जाडो बिदा





कपिलवस्तुका विभिन्न पालिकामा चिसोका कारण विद्यालयमा जाडो बिदा
कपिलवस्तु। कपिलवस्तु जिल्लाका विभिन्न स्थानीय तहले बढ्दो चिसो र शीतलहरका कारण विद्यालयमा पठनपाठनमा समस्या देखिएपछि जाडो बिदा दिने निर्णय गरेका छन्। अत्यधिक चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने देखिएकाले सामुदायिक तथा धार्मिक विद्यालयहरूमा अस्थायी रूपमा बिदा दिइएको हो।
मायादेवी गाउँपालिकाले पालिकाभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा धार्मिक विद्यालयहरूमा वार्षिक बिदासँग मिलान हुने गरी जाडो बिदा दिने निर्णय गरेको छ। पालिकाका अनुसार मिति २०८२/०९/०८ देखि २०८२/०९/१४ गतेसम्म जाडो बिदा लागू हुनेछ।
त्यसैगरी कपिलवस्तु नगरपालिकाले पनि चिसो र शीतलहरका कारण विद्यालयमा नियमित पठनपाठन सञ्चालन गर्न कठिनाइ भएको जनाउँदै मिति २०८२/०९/११ गते जाडो बिदा दिएको जानकारी गराएको छ। नगरपालिकाले यससम्बन्धी सूचना आफ्ना सबै विद्यालयमा लागू हुने जनाएको छ।
यस्तै, शुद्धोधन गाउँपालिकाले पनि बढ्दो चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा असर पर्ने अवस्था देखिएको उल्लेख गर्दै पालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरूमा मिति २०८२/०९/११ देखि २०८२/०९/१५ गतेसम्म जाडो बिदा दिएको जनाएको छ।
स्थानीय तहहरूले अभिभावक र विद्यालय प्रशासनलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै मौसम अनुकूल भएपछि पुनः नियमित पठनपाठन सञ्चालन गरिने जानकारी दिएका छन्।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा











प्रतिक्रिया