

चिसो बढेसँगै कोइलीचौर सामुदायिक वनले दियो चोकचोकमा दाउरा


कपिलवस्तु | चिसो र शीतलहरको प्रकोपसँगै कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुरमा सामुदायिक वनले चोकचोकमा दाउरा वितरण गरेको छ । वडा नम्बर ९ भर्तापुर स्थित कोइलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समुहले चोकचोकमा दाउरा वितरण गरेको हो ।
आसन्न शीतलहर र बढ्दो चिसोबाट उपभोक्तालाई सुरक्षित राख्न पूर्व तयारी स्वरुप यो कार्य गरिएको वनका अध्यक्ष कुन्तामणी भुसालले जानकारी दिए । चिसोबाट बच्न सर्वसाधारणका लागि वनले आफ्ना उपभोक्तालाई पायक पर्ने मुख्यमुख्य चोकहरूमा दाउरा वितरण गरेको उनले बताए ।
पुष लागेसँगै कपिलवस्तुसहित तराइका जिल्लामा चिसो बढेको छ भने कतिपय स्थानमा शितलहर नै चलेको छ । जसका कारण जनजीवन कष्टकर बनेको भन्दै सामुदायिक वनले वन उपभोक्ताहरुको सहजताका लागि भर्तापुर र भर्लाबासमा गरी ४५ स्थनमा पहिलो चरणका लागि काठ दाउरा वितरण गरेको हो ।
चोकचोकमा दाउरा बालेर आगो ताप्न सहज होस भन्नका लागि यस्तो कार्य गरिएको कोइलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समुहले जनाएको छ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया