

भारतमा बिहार विधानसभा चुनावको मतगणना आज हुदै

भारतको बिहार विधानसभा चुनावको मतगणना हुँदैछ । मतगणना बिहान ८ बजेदेखि शुरु हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मतगणना भन्दा पहिले सत्तापक्ष एनडीए र विपक्षी गठबन्धनबीच आरोप–प्रत्यारोप तीव्र बनेको छ ।
य पटक जेडीयू र भाजपा दुवैलाई बराबर एक सय एक सिट भागबण्डा गरिएको छ । विपक्षी नेता तेजस्वी यादवले मतगणनामा अनियमितता हुनसक्ने चिन्ता व्यक्त गर्दै चुनाव आयोगलाई पूर्ण निष्पक्षता सुनिश्चित गर्न आग्रह गर्नुभएको छ ।
आरजेडी नेता सुनील कुमारलाई मतगणनाको अघिल्लो दिन हिजो उत्तेजनात्मक अभिव्यक्ति दिएको आरोपमा मुद्दा दायर गरिएको इन्डिएन एक्सप्रेसले जनाएको छ । बिहारका ३८ जिल्लाका ४६ केन्द्रमा कडा सुरक्षाकाबीच मतगणना गर्न तयारी भइरहेको खबरमा उल्लेख छ ।
बिहारमा गएको कात्तिक २० गते पहिलो र कात्तिक २५ गते दोस्रो चरणको विधानसभा चुनाव भएको थियो । कुल सात करोड ४५ लाख मतदाता रहेको बिहारमा दुई सय ४३ सिटका लागि दुई हजार १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।


खबर सबै
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु
-
कोशी प्रदेशबाट मनसुन नेपाल भित्रियो
-
प्यूठान : विद्यालयबाट फर्केका नाबालक दाजुभाइ पुगेनन् घर, भेटियो शव
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात









प्रतिक्रिया