

वडाध्यक्ष र इन्जिनियरसहित १३ जुवाडे पक्राउ, करिब ४ लाख रुपैयाँ बरामद



दाङ । घोराहीका वडाध्यक्ष र इन्जिनियरसहित १३ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
काठेकोल स्थित एक होटेलमा जुवातास खेलिरहेका घोराही उपमहानगर वडा नम्बर १८ का वडाध्यक्ष भरतमणि अर्याल र घोराही उपमहानगरपालिकामै कार्यरत इन्जिनियर प्रवीण रावतसहित १३ जना जुवाडे गए राति पक्राउ परेको दाङ प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिए ।
पक्राउ परेका अर्याल एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।
त्यसै गरी जुवा खेल्दै गरेका घोराही १८ का कृष्णबहादुर घर्ती, पूर्व इन्सपेक्टर नारायण प्रसाद अधिकारी, मितेरी हस्पिटल सञ्चालक माधव भण्डारी, म्यानपावर सञ्चालक विक्रम के.सी., लंक बहादुर बुढा, सागर बुढा र राप्ती गाउँपालिका २ का तेज प्रसाद आचार्य पक्राउ परेको प्रहरीले जनाएको छ । जुवाको खालबाट ३ लाख ४५ हजार ९ सय १५ रुपैयाँ र ३ गड्डी तास प्रहरीले बरामद गरेको छ ।
प्रहरीले गए राति घोराहीकै अर्को जुवाको खालमा पनि छापा हानेको छ । घोराही १५ काठेकोलस्थित मिरज श्रेष्ठको घरमा जुवा खेलिरहेका घोराही १८ का अनुप कशौधन, घोराही १५ का ज्ञानेन्द्र रिजाल, एकराज खत्री र घोराही १४ का सोहेलमान मनसुरीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूको साथबाट ६० हजार ६ सय ४० रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरूलाई जिप्रकाको हिरासतमा राखिएको छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया