

घरायसी विवादका क्रममा श्रीमानले गरे श्रीमतीको हत्या



दाङको बंगलाचुली गाउँपालिका–४ जुम्लेपानीमा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन्। मादकपदार्थ सेवनपछि भएको घरायसी झगडामा जागेश्वर पुनले ५० वर्षीया श्रीमती गोमा पुनको लठ्ठी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
बिहीबार राति करिब १० बजे घरायसी विवाद हुँदा जागेश्वरले लठ्ठीले हान्दा गोमाको मृत्यु भएको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूबीच लामो समयदेखि घरेलु झगडा हुँदै आएको र पछिल्लो समय मादकपदार्थ सेवनपछि झगडा झन् बढेको थियो।
प्रहरी चौकी कमिरेचौरबाट खटिएको टोलीले ३८ वर्षीय श्रीमान् जागेश्वर पुनलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया