

डेंगुको महामारी : एकैदिन ९ जनाको मृत्यु



बंगलादेशमा डेंगु सङ्क्रमयाबाट शनिबार थप ९ जनाको मृत्यु भएको छ । जुन यस वर्षको सबैभन्दा उच्च दैनिक मृत्युदर हो । जनवरीदेखि हालसम्म डेंगु सङ्क्रमयाबाट मृत्यु हुनेको सङ्ख्या २१० पुगेको जनाइएको छ ।
सेप्टेम्बरमा ८० जनाको मृत्यु भएको तथा चालु महिनामा हालसम्म ४७ जनाको मृत्यु भइसकेको बंगलादेशको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले जनाएको छ
डीजीएचएसका अनुसार गत २४ घण्टामा डेंगुको ९१५ वटा नयाँ सङ्क्रमण पुष्टि भएको छ भने यस महिनाको कुल सङ्क्रमण संख्या दश हजार ८७२ पुगेको छ ।
यस वर्ष अहिलेसम्म ४१ हजार ८१० डेंगुका घटना दर्ता गरेको डीजीएचएसले जनाएको छ भने थप फैलावट रोक्न, बंगलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टे नियन्त्रण अपरेसनहरू सञ्चालन गर्ने जनाएका छन् ।
बङ्लादेशमा सन् २०२३ मा डेंगु संक्रमणबाट १ हजार ७०५ जनाको मृत्यु भएको थियो, जुन अहिलेसम्मको सबैभन्दा उच्च वार्षिक मृत्यु सङ्ख्या हो ।
डेंगु ज्वरो संक्रमित एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो ।
डेंगु लागेका बिरामीहरूमा टाउको दुख्ने, उच्च ज्वरो आउने, मांसपेशी र जोर्नी दुख्ने, बान्ता हुने जस्ता लक्षणहरू देखा पर्छन् ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया