
डेंगुको महामारी : एकैदिन ९ जनाको मृत्यु




बंगलादेशमा डेंगु सङ्क्रमयाबाट शनिबार थप ९ जनाको मृत्यु भएको छ । जुन यस वर्षको सबैभन्दा उच्च दैनिक मृत्युदर हो । जनवरीदेखि हालसम्म डेंगु सङ्क्रमयाबाट मृत्यु हुनेको सङ्ख्या २१० पुगेको जनाइएको छ ।
सेप्टेम्बरमा ८० जनाको मृत्यु भएको तथा चालु महिनामा हालसम्म ४७ जनाको मृत्यु भइसकेको बंगलादेशको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले जनाएको छ
डीजीएचएसका अनुसार गत २४ घण्टामा डेंगुको ९१५ वटा नयाँ सङ्क्रमण पुष्टि भएको छ भने यस महिनाको कुल सङ्क्रमण संख्या दश हजार ८७२ पुगेको छ ।
यस वर्ष अहिलेसम्म ४१ हजार ८१० डेंगुका घटना दर्ता गरेको डीजीएचएसले जनाएको छ भने थप फैलावट रोक्न, बंगलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टे नियन्त्रण अपरेसनहरू सञ्चालन गर्ने जनाएका छन् ।
बङ्लादेशमा सन् २०२३ मा डेंगु संक्रमणबाट १ हजार ७०५ जनाको मृत्यु भएको थियो, जुन अहिलेसम्मको सबैभन्दा उच्च वार्षिक मृत्यु सङ्ख्या हो ।
डेंगु ज्वरो संक्रमित एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो ।
डेंगु लागेका बिरामीहरूमा टाउको दुख्ने, उच्च ज्वरो आउने, मांसपेशी र जोर्नी दुख्ने, बान्ता हुने जस्ता लक्षणहरू देखा पर्छन् ।


खबर सबै
-
नारायणघाट–बुटवल सडक : ९०.८७ किलोमिटर सडक भने एकतर्फी कालोपत्र
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
प्रतिक्रिया