

तीजको दर खाँदा ‘फूड पोइजन’ : एकैपटक २ दर्जन बढी महिला बिरामी परे





रूपन्देही | रूपन्देहीको देवदहमा तीजको दर खाँदा ‘फूड पोइजन’ भई २ दर्जन बढी महिला बिरामी परेका छन् । देवदह-६ स्थित शिवालय टोलका विभिन्न महिला समूह मिलेर भदौं ६ गते दर खाएपछि उनीहरू बिरामी परेका हुन् ।
देवदह-६ का वडा अध्यक्ष खेमबहादुर थापा मगरका अनुसार ६ गते साँझदेखि बिरामी परेका उनीहरूमा बान्ता हुने, टाउको दुख्ने, पखाला लाग्ने, पेट दुख्ने, रिङ्गटा लाग्नेलगायत स्वास्थ्य समस्या देखिएका छन् ।
बिरामी परेका १८ जनाको स्थानीय अनिता मेडिकलहल खैरेनीमा उपचार भैरहेको उनले बताए । ५ जनाको भने देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य ५/६ जनाले घरमै बसेर उपचार गराइरहेका छन् ।
उपचारमा संलग्न अनिता मेडिकल हलका डा. छविलाल गिरीका अनुसार उनीहरूमा १०२ देखि १०४ डिग्रीसम्मको ज्वरो आउने गरेको छ ।
दर खाने कार्यक्रममा ३५ जना सहभागी थिए ।


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया