

तीजको दर खाँदा ‘फूड पोइजन’ : एकैपटक २ दर्जन बढी महिला बिरामी परे



रूपन्देही | रूपन्देहीको देवदहमा तीजको दर खाँदा ‘फूड पोइजन’ भई २ दर्जन बढी महिला बिरामी परेका छन् । देवदह-६ स्थित शिवालय टोलका विभिन्न महिला समूह मिलेर भदौं ६ गते दर खाएपछि उनीहरू बिरामी परेका हुन् ।
देवदह-६ का वडा अध्यक्ष खेमबहादुर थापा मगरका अनुसार ६ गते साँझदेखि बिरामी परेका उनीहरूमा बान्ता हुने, टाउको दुख्ने, पखाला लाग्ने, पेट दुख्ने, रिङ्गटा लाग्नेलगायत स्वास्थ्य समस्या देखिएका छन् ।
बिरामी परेका १८ जनाको स्थानीय अनिता मेडिकलहल खैरेनीमा उपचार भैरहेको उनले बताए । ५ जनाको भने देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य ५/६ जनाले घरमै बसेर उपचार गराइरहेका छन् ।
उपचारमा संलग्न अनिता मेडिकल हलका डा. छविलाल गिरीका अनुसार उनीहरूमा १०२ देखि १०४ डिग्रीसम्मको ज्वरो आउने गरेको छ ।
दर खाने कार्यक्रममा ३५ जना सहभागी थिए ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया