
प्रदेश सरकारलाई व्यवसायीहरूको माग : “लुम्बिनी भ्रमण वर्षको योजना लागू गर्न दबाव”

बुटवल | होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ, लुम्बिनी प्रदेश समितिले लुम्बिनी भ्रमण वर्ष सन् २०२४/२०२५ सम्पन्न गर्ने गरी कार्ययोजना बनाउन लुम्बिनी प्रदेश सरकारलाई आग्रह गरेको छ ।
समितिले शनिबार बुटवलमा मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापनपत्र बुझाउँदै पर्यटन क्षेत्रलाई लयमा फर्काउनको लागि भ्रमण वर्ष मनाउने गरी कार्ययोजना निर्माण गर्न आग्रह गरेको हो ।
संघका अध्यक्ष महेन्द्रप्रसाद श्रेष्ठले ७ बुँदे ज्ञापनपत्र बुझाउँदै प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक सम्पदाहरूको पहिचान गरी त्यसलाई संरक्षण र प्रचारप्रसार गरी आवश्यक बजेट मिलाउन आग्रह गरेका हुन् ।
भैरहवास्थित विमानस्थल र बुटवलका सभाहल सञ्चालनमा ल्याउन, होटल व्यवसायीको क्षमता अभिवृद्धि गर्न बजेट विनियोजन गर्नसमेत माग गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
पर्यटनसम्बन्धी नीति नियम निर्माण गर्दा संस्थाको सहभागिता, र सरकारले पर्यटनसँग सम्बन्धित कार्यालय वा निकायहरूमा समेत संस्थाको उपस्थितिको माग गरिएको छ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारबाट होटल व्यवसायीसँग खेल्ने भूमिकामा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
मुख्यमन्त्री आचार्यले भने, ‘अब व्यवसायी निराशा हुनुपर्ने कारण छैन, विमानस्थल सञ्चालनमा आउँदै छ । त्यसपछि यस क्षेत्र चलायमान बन्छ ।’


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया