

प्रदेश सरकारलाई व्यवसायीहरूको माग : “लुम्बिनी भ्रमण वर्षको योजना लागू गर्न दबाव”



बुटवल | होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ, लुम्बिनी प्रदेश समितिले लुम्बिनी भ्रमण वर्ष सन् २०२४/२०२५ सम्पन्न गर्ने गरी कार्ययोजना बनाउन लुम्बिनी प्रदेश सरकारलाई आग्रह गरेको छ ।
समितिले शनिबार बुटवलमा मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापनपत्र बुझाउँदै पर्यटन क्षेत्रलाई लयमा फर्काउनको लागि भ्रमण वर्ष मनाउने गरी कार्ययोजना निर्माण गर्न आग्रह गरेको हो ।
संघका अध्यक्ष महेन्द्रप्रसाद श्रेष्ठले ७ बुँदे ज्ञापनपत्र बुझाउँदै प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक सम्पदाहरूको पहिचान गरी त्यसलाई संरक्षण र प्रचारप्रसार गरी आवश्यक बजेट मिलाउन आग्रह गरेका हुन् ।
भैरहवास्थित विमानस्थल र बुटवलका सभाहल सञ्चालनमा ल्याउन, होटल व्यवसायीको क्षमता अभिवृद्धि गर्न बजेट विनियोजन गर्नसमेत माग गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
पर्यटनसम्बन्धी नीति नियम निर्माण गर्दा संस्थाको सहभागिता, र सरकारले पर्यटनसँग सम्बन्धित कार्यालय वा निकायहरूमा समेत संस्थाको उपस्थितिको माग गरिएको छ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारबाट होटल व्यवसायीसँग खेल्ने भूमिकामा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
मुख्यमन्त्री आचार्यले भने, ‘अब व्यवसायी निराशा हुनुपर्ने कारण छैन, विमानस्थल सञ्चालनमा आउँदै छ । त्यसपछि यस क्षेत्र चलायमान बन्छ ।’


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया