

बियर पिउनुका पाँच फाइदा



यद्यपि वियर पनि एक प्रकारको मद्यपान नै हो र मद्यमानलाई स्वास्थ्यका लागि हानिकारक नै मानिन्छ । तर पोषण विज्ञहरुले भने वियरको सन्तुलित मात्रा स्वास्थ्यका लागि लाभदायक हुने बताएका छन् । विज्ञहरुका अनुसार दैनिक ३ सय ५५ मिलिलिटर सम्म वियर सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
वियर विभिन्न खाले सुक्ष्म पोषक तत्वको राम्रो श्रोत हो । यसमा फोलेट, भिटामिन बी ६, नियासिन, प्यान्टोथेनिक एसिड तथा राइबोफ्लाभिन जस्ता पौष्टिक तत्व पाइन्छ । यसमा मध्यमस्तरमा फाइबर तथा प्रोटिन समेत पाइन्छ ।
वियरको सेवनले हड्डी मजबुत पार्न सहयोग गर्छ । यसमा सिलिकन तत्व पाइन्छ जसले हड्डीमा लवण तत्वको घनत्व वृद्धि गर्दै हाडलाई टुट्नबाट जोगाउँछ । जौँ बाट बनेकेा वियर हड्डीको लागि सबैभन्दा उपयुक्त पाइन्छ ।
वियरले रक्तनलीमा रगत जम्ने समस्यालाई समेत रोक्छ । यसले सरीरको लिपिड तथा फिबि्रनोजिन जस्तोे रक्तप्रवाह सँग सम्बन्धित प्रोटिनमा सकारात्मक प्रभाव पार्छ ।
बियरको सेवनले मुटुरोगको जोखिम समेत कम गराउँछ । उखानै छ, दिनको एउटा वियरले मुटुको डाक्टरलाई टाढा राख्छ । वियरको नियमित सेवनले रगतमा एचडीएल अर्थात् असल कोलेस्टेरोलको मात्रा बढाउने तथा एलडिएल अर्थात् खराब कोलेस्टेरोलको मात्रा घटाउने सन् २०११ मा अमेरिकामा भएको एक अनुसन्धानले देखाएको थियो । अमेरिकाको हार्वाड विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार वियरको नियमित तथा सन्तुलित सेवनले रक्तनलीको रोगव्याधीको जोखिम समेत कम गर्छ ।
वियरको सेवनले मृगौलामा पत्थरीको जोखिम पनि कम गर्छ । वियरमा पानीको मात्रा धेरै हुने र यसले मुत्रप्रणालीमा पार्ने प्रभावका कारण यस्तो हुने मत अनुसन्धानकर्ताहरुको छ । यसमा हुने यौगिकले हड्डीबाट क्याल्सियम निस्कने दर घटाउँछ । त्यस्तो क्याल्सियम मृगौलामा पत्थरी बनाउन काम गर्छ ।
श्रोत : केयर टू डक कम


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया