

अनेरास्ववियु लुम्बिनीको नेतृत्व रोल्पाका सन्तोषले पाए

कपिलवस्तु । अनेरास्वियु लुम्बिनी प्रदेशको प्रदेश अधिवेशनबाट अध्यक्षमा रोल्पाका सन्तोष बाठा निर्वाचित भएका छन् । शुक्रबार रातभर बुटवलमा भएको अधिवेशनबाट उनीसहितको टीम सर्वसम्मत चुनिएको हो ।
अधिवेशनबाट उपाध्यक्षहरुमा नारायण भुसाल, मदन भण्डारी, सरोज ठकुरी सचिवमा रमेश ढकाल सहसचिवमा मनिषा ज्ञवार्ली र शोभाखर गिरी, कोषाध्यक्षमा अन्जित खनाल निर्वाचित भएका हुन् ।
त्यसैगरी कार्यालय सचिव तथा संगठन विभाग प्रमुखमा हेमन्त घिमिरेसहित ५१ सदस्य सर्वसम्मत निर्वाचित भएका हुन् ।
क्रबार उद्घाटन भएको अधिवेशन रातभरको तयारीपछि शनिबार बिहान सर्वसम्मत घोषणा गरिएको थियो । एमाले केन्द्रीय सदस्य तथा विद्यार्थी इन्चार्ज किशोरविक्रम मल्लले निर्वाचित नेतृत्वको घोषणा गर्दै पार्टीले बनाएका योजना कार्यान्वयनमा पूर्णरुपले लाग्न निर्देशन गरेका थिए ।


खबर सबै
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु
-
कोशी प्रदेशबाट मनसुन नेपाल भित्रियो
-
प्यूठान : विद्यालयबाट फर्केका नाबालक दाजुभाइ पुगेनन् घर, भेटियो शव
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात









प्रतिक्रिया