

नवलपरासीमा भेटियो केरामा लाग्ने पानामा रोगको नयाँ प्रजाति



काठमाण्डाै
नवलपरासीको प्रतापुर गाउँपालिका–६ कठहवाँमा पनि केरामा लाग्ने पानामा रोगको नयाँ प्रजाति टीआर–४ पुष्टि भएको छ । भदौको पहिलो हप्ता पानामा रोगको प्रजाति टीआर–४ नेपालमा पहिलो पटक कैलालीको टीकापुरमा फेला परेको थियो ।
नवलपरासीको कठहवाँमा पुष्टि भएको रोग टीकापुर या अरु ठाउँबाट सरेको हो भन्ने यकिन भइसकेको छैन । केराका लागि यो रोग निकै खतरनाक मानिन्छ । यसअघि टीआर–१ मात्र फेला परेको थियो तर अहिले कैलालीको टीकापुर र नवलपरासीको प्रतापुर क्षेत्रमा यो रोग पुष्टि भएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले जनाएको छ । अहिलेसम्म यो रोगको व्यवस्थापनका लागि कुनै पनि प्रविधि र रोग सहन सक्ने जात उपलब्ध नभएकाले रोगलाई थप फैलिन नदिन र अरु ठाउँका बगैँचालाई जोखिम हुन नदिन संवेदनशील बन्न विज्ञले आग्रह गर्दै आएका छन् ।
नार्क अन्तर्गतको राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक रामबहादुर खड्काका अनुसार यो माटोमा बस्ने ढुसी भएका कारण एक ठाउँबाट अर्को ठाउँसम्म सजिलै सर्न सक्ने रोग हो । यो ढुसीका चार वटा प्रजातिमध्ये नेपालमा देखिएको टीआर–४ नयाँ हो । यसको रोकथामका लागि रोगप्रभावित क्षेत्रमा मानिस र गाडीको ओहोरदोहोर नगर्न, कृषि औजार तथा बिरुवालाई अन्त लैजान रोक लगाउन, सङ्क्रमित बगैँचालाई चारैतिरबाट घेराबार गर्न विज्ञको सल्लाह छ ।
१४ वर्षअघि भारतबाट भित्रिएको पानामाको प्रजाति–१ ले नेपालको केराखेतीमा धेरै क्षति पुर्याएको थियो । अहिले देखिएको प्रजाति–४ ले नेपालमा रहेका सबै जातका केरामा क्षति पुर्याउने भएकोले उच्च सावधानी र सतर्कता आवश्यक देखिएको छ । तर यसअघि नै रोग पुष्टि भएको कैलालीको टीकापुरमा रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी काम हुन सकेको छैन ।
सरकार र जिम्मेवार निकायले यो रोगलाई गम्भीरतापूर्वक चासो नदिएकाले अरु ठाउँमा पनि रोग फैलने जोखिम बढेको विज्ञले बताएका छन् ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया