रोल्पामा वडा अध्यक्ष पुनको निधन

बुटवल । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष टंकबहादुर पुनको आज निधन भएको छ ।

मङ्गलवार एक्कासी बिरामी भएका वडाध्यक्ष पुनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ ल्याइएको थियो ।३७ वर्षीय पुनको उपचारका क्रममा बुधवार ज्यान गएको अस्पतालले जनाएको छ ।

सामान्य बिरामी भएका पुनले स्थानीय स्वास्थ्य संस्थामा उपचार गराई औषधी सेवन गरिरहेका परिवारले जनाएको छ । पुन गएको पालिका चुनावमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

खबर सबै