

दयाहाङको ‘नीरफूल’ कोरियामा पनि



काठमाडौं ।मुलुकभर प्रदर्शन भइरहेको नेपाली फिल्म ‘नीरफूल’ दक्षिण कोरियामा पनि प्रर्दशन हुने भएको छ ।
यो फिल्मलाई दक्षिण कोरियाका भिन्न शहरमा प्रदर्शन गर्ने गरि धनजित वाइबाको समुहले प्रदर्शन अधिकार किनेको हो । बिहीबार दुबै पक्षबीच प्रदर्शन अधिकार सम्झौता भएको फिल्मका निर्देशक फूलमान वलले जनाए ।
भुकम्पका कारण विछोडिएका एक परिवारको सदस्यहरुले पुर्नमिलनको लागि गरेका प्रयत्नमा आधारित यो फिल्म अन्य देशमा प्रदर्शन गर्ने योजना समेत बनिरहेको वलले बताए ।
‘‘फ्यामिली मिसिङ’ को कथासँगै राज्य प्रणालीको कमजोर पक्षसमेत उजागर गरिएको यो फिल्म गत जेठ २६ गते शुक्रबारदेखि प्रदर्शनमा आएको हो ।
गणेश हिमाल मुनिको रुबी भ्याली, रसुवा र काठमाडौंमा छायांकन गरिएको फिल्मले मौलिक, यथार्थपरक र ‘सिस्टम भर्सेस भुइँमान्छे’ को सन्दर्भ उठान गरेको भन्दै समिक्षकहरुबाट प्रसंशा बटुलिरहेको छ ।
दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, रोशन फ्युबा लगायतले अभिनय गरेको फिल्म नेपाल म्यानमार फ्रेण्डसीप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको हो ।
सोनाम डोमा कार्यकारी निर्माता रहेको फिल्ममा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, अजितमान तामाङ, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायतले निर्माण सहकार्य गरेका छन् ।
प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत, निमेष श्रेष्ठको सम्पादन रहेको फिल्मको वितरक गोविन्द शाही र मनोज राठी रहेका छन् ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया