मुक्ति समाजबिना कम्युनिस्ट आन्दाेलन असफल

 रामबहादुर गन्धर्व, कपिलवस्तु ।  सम्पुर्ण दलित एक हौ, जनताकाे बहुदलिय जनवाद -जिन्दावाद भन्ने मुल नाराका साथ १३४औं मजदुर दिवसको अवसरमा नेपाल उत्पीडित जातिय मुक्ति समाज प्रदेश कमिटीकाे चौथो पुर्ण बैठकमा बाेल्ने बक्ताहरूले मुक्ति समाज र पार्टी बिच नङ्ग ,मासुको सम्बन्ध हुनुपर्ने भन्दै मुक्ति समाज बिना पार्टी बलियो नहुने बताए ।

साेमबार ने.क.पा.एमाले लमही नगरपालिका कमिटीको कार्यालय लमही दाङ्गमा आयोजना गरिएको बैठकमा उनिहरूले यस्तो बताएका हुन, मुक्ति समाज पार्टीको एकबलियो खम्बा साबित भएको बताउदै ,दलित समुदायलाई भाेट बैंकको रूपमा मात्रै प्रयोग नगर्न आग्रह गर्दै महत्त्वपूर्ण ठाउँमा जिम्मेवारी दिनुपर्नेमा जाेड दिएका थिए। मुक्ति समाज प्रदेश कमिटीको आयोजनम भएको बैठकले बाँकी रहेका जिल्लाहरूमा जेठ १२गते भित्र जिल्ला सम्मेलन सम्पन्न गरि जेठ २१गतृ दाङ्गकाे घाेराहीमा आयाेजना गर्न लागिएको प्रथम प्रदेश सम्मेलनका लागि जिम्मेवारी बाँडफाँड समेत गरेको छ।

पार्टी / विभिन्न भातृ संगठनमा पदस्थ रहेका पदाधिकारीहरूकाे बिशेष उपस्थिति रहेको कार्यक्रम नन्दबहादुर बिश्वकर्माकाे अध्यक्षता ,बमबहादुर सुनारको प्रमुख आतिथ्यता,ठाकुर प्रसाद लाेहाेनकाे स्वागत मन्त्व्य र सि.बि.गहतराजकाे सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

खबर सबै