

आईपीएल क्रिकेटमा गुजरातले पञ्जाबलाई ६ विकेटले हरायो



काठमाण्डाै
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले पञ्जाब किङ्ग्सलाई ६ विकेटले हराएको छ । गएराति भएको खेलमा जितका लागि १ सय ५४ रनको लक्ष्य पछ्याएको गुजरातले १९ ओभर ५ बलमा ४ विकेट गुमाउँदै भेट्टायो ।
गुजरातका शुभमन गिलले सर्वाधिक ६७ रन बनाए । ऋद्धिमान शाह ३० रनमा आउट भए । पञ्जाबका साम करन, अर्शदीपसिंह, हरप्रित ब्रार र कागिसो रबाडाले समान एक/एक विकेट लिए । त्यसअघि मोहालीमा टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५३ रन बनाएको थियो ।
पञ्जाबका म्याथ्यु शर्टले सर्वाधिक ३६ रन बनाए । जितेश शर्माले २५ रन जोडे । अन्य कुनै पनि खेलाडीले २५ रन कटाउन सकेनन् । गुजरातका मोहित शर्माले २ विकेट लिए । मोहम्मद शामी, जोशुवा लिटिल, अल्जारी जोशेफ र राशिद खानले समान एक/एक विकेट लिए ।
गुजरात ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अङ्ककासाथ तेस्रो स्थानमा छ । समान ४ खेलमा ६ अङ्क भए पनि राजस्थान शीर्ष र लखनउ दोस्रो स्थानमा छ । पञ्जाब ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अङ्कका साथ छैटौँ स्थानमा छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया