

आईपीएल क्रिकेटमा गुजरातले पञ्जाबलाई ६ विकेटले हरायो


काठमाण्डाै
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले पञ्जाब किङ्ग्सलाई ६ विकेटले हराएको छ । गएराति भएको खेलमा जितका लागि १ सय ५४ रनको लक्ष्य पछ्याएको गुजरातले १९ ओभर ५ बलमा ४ विकेट गुमाउँदै भेट्टायो ।
गुजरातका शुभमन गिलले सर्वाधिक ६७ रन बनाए । ऋद्धिमान शाह ३० रनमा आउट भए । पञ्जाबका साम करन, अर्शदीपसिंह, हरप्रित ब्रार र कागिसो रबाडाले समान एक/एक विकेट लिए । त्यसअघि मोहालीमा टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५३ रन बनाएको थियो ।
पञ्जाबका म्याथ्यु शर्टले सर्वाधिक ३६ रन बनाए । जितेश शर्माले २५ रन जोडे । अन्य कुनै पनि खेलाडीले २५ रन कटाउन सकेनन् । गुजरातका मोहित शर्माले २ विकेट लिए । मोहम्मद शामी, जोशुवा लिटिल, अल्जारी जोशेफ र राशिद खानले समान एक/एक विकेट लिए ।
गुजरात ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अङ्ककासाथ तेस्रो स्थानमा छ । समान ४ खेलमा ६ अङ्क भए पनि राजस्थान शीर्ष र लखनउ दोस्रो स्थानमा छ । पञ्जाब ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अङ्कका साथ छैटौँ स्थानमा छ ।


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया