लुम्बिनी प्रदेश सभा बैठकः मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश

दाङ । लुम्बिनी प्रदेश सभाको छैटौँ बैठक बुधबार बस्यो ।

दिउँसो १ बजे बसेको बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त “मन्त्रिपरिषद् पुनर्गठन तथा कार्यविभाजनसम्बन्धी पत्र पढेर सुनाएका छन्। लुम्बिनी प्रदेश सरकार तीन पटक बिस्तार गरिएको थियो। पुस २८ गते तीन सदस्यीय, माघ २८ मा थप ७ जना मन्त्री र फागुन ७ गते थप एक जना नयाँ मन्त्री नियुक्त गरेका थिए। दश मन्त्रालय र ११ मन्त्री छन्। एक जना मन्त्रीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्नेगरी जिम्मेवारी दिइएको छ।

बैठकमा प्रदेश सभा सदस्यहरुले विशेष समय लिएर सम्बोधन गरेका छन् । संसदमा सरकारको प्रभावकारी काम र जनजीवनको सवालहरु उठाइएको छ ।

यस्तै बैठकमा मुख्यमन्त्री लीला गिरीको तर्फबाट स्वास्थ्यमन्त्री बिष्णु पन्थीले मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन सभामा पेश गरेका छन् । यस्तै स्वास्थ्यमन्त्री पन्थीले स्वास्थ्य संस्था स्थापना, संचालन, नवीकरण तथा स्तरोन्नतिसम्बन्धी अध्यादेश” सभामा पेश गरेका छन् ।

यस्तै संसदको आगामी बैठक अर्को सूचना टाँस गरेर जानकारी दिइने सभामुख तुलाराम घर्तीले जानकारी दिएर बैठक सकिएको बताए ।

प्रतिक्रिया

खबर सबै