लुम्बिनी प्रदेश सभा बैठक फागुन १७ गते आह्वान

कपिलवस्तु । यस अघि माघ २० गते बसेको प्रदेश सभाको बैठक फागुन १७ गतेका लागि बोलाएको छ ।

लुम्बिनी प्रदेश सभाको बैठक फागुन १७ गतेका लागि आह्वान गरिएको हो । बैठक बुधवार दिउँसो १ बजे बस्ने गरी तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३) बमोजिम बैठक आह्वान गरिएको हो । प्रदेश सभाले विजनेस नपाएको भन्दै प्रदेशसभा बैठक बस्न सकिरहेको थिएन ।

प्रतिक्रिया

खबर सबै