

बेलुन विवादले चीन र अमेरिकाबीच अविश्वास बढ्दै





एजेन्सी
बेलुन विवादका कारण अमेरिका र चीनबीच अविश्वास बढ्दै गएको छ । बढ्दो विवादकाबीच अमेरिकाले राष्ट्रिय सुरक्षा टोलीलाई शङ्कास्पद वस्तु पत्ता लगाउन निर्देशन समेत दिएको छ ।
राष्ट्रपति जो बाइडेनले अमेरिकी राष्ट्रिय सुरक्षा टोलीलाई वायुमण्डलमा मानवरहित तरिकाले राखिन सक्ने शङ्कास्पद वस्तुहरू पत्ता लगाउने संयन्त्रको विकास गर्न निर्देशन दिनुभएको बीबीसीले जनाएको छ । पछिल्लो अनुसन्धानमा यसअघि अमेरिकी आकाशमा फेला परेका ती वस्तु मौसम अध्ययन गर्ने वा अन्य वैज्ञानिक अनुसन्धान सञ्चालन गर्ने संस्थासँग सम्बन्धित रहेको देखिएको थियो ।
चीनले अमेरिकी आकाशमा भेटिएका बेलुन जासुसी नभएको दाबी गर्दै आएको छ । चीन अमेरिकाबीच विवाद भइरहेका बेला ताइवानको आकाशमा पनि चिनियाँ बेलुनले जासुसी गरिरहेको खबर सार्वजनिक भएको छ । तर यसबारेमा ताइवानको रक्षा मन्त्रालयले चिनियाँ मौसमसम्बन्धी बेलुन देखिएको बताएको छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया