

बेलुन विवादले चीन र अमेरिकाबीच अविश्वास बढ्दै



एजेन्सी
बेलुन विवादका कारण अमेरिका र चीनबीच अविश्वास बढ्दै गएको छ । बढ्दो विवादकाबीच अमेरिकाले राष्ट्रिय सुरक्षा टोलीलाई शङ्कास्पद वस्तु पत्ता लगाउन निर्देशन समेत दिएको छ ।
राष्ट्रपति जो बाइडेनले अमेरिकी राष्ट्रिय सुरक्षा टोलीलाई वायुमण्डलमा मानवरहित तरिकाले राखिन सक्ने शङ्कास्पद वस्तुहरू पत्ता लगाउने संयन्त्रको विकास गर्न निर्देशन दिनुभएको बीबीसीले जनाएको छ । पछिल्लो अनुसन्धानमा यसअघि अमेरिकी आकाशमा फेला परेका ती वस्तु मौसम अध्ययन गर्ने वा अन्य वैज्ञानिक अनुसन्धान सञ्चालन गर्ने संस्थासँग सम्बन्धित रहेको देखिएको थियो ।
चीनले अमेरिकी आकाशमा भेटिएका बेलुन जासुसी नभएको दाबी गर्दै आएको छ । चीन अमेरिकाबीच विवाद भइरहेका बेला ताइवानको आकाशमा पनि चिनियाँ बेलुनले जासुसी गरिरहेको खबर सार्वजनिक भएको छ । तर यसबारेमा ताइवानको रक्षा मन्त्रालयले चिनियाँ मौसमसम्बन्धी बेलुन देखिएको बताएको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया