

भारतका चर्चित अभिनेता विवेक ओबेरोय चन्द्रागिरी हिल्समा



काठमाडौं । भारतका चर्चित अभिनेता विवेक ओबेरोयले आज चन्द्रागिरी हिल्सको भ्रमण गरेका छन् । पारिवारिक भ्रमणमा नेपाल आएका विवेक ओबेरोयले भ्रमणका क्रममा भालेश्वर महादेवको दर्शन गर्नुका साथै चन्द्रागिरी हिल्स रिर्सोटमा लन्च गर्दै मनोरम दृष्यहरुको पनि अवलोकान गरेका हुन् ।
अभिनेता ओबेरोयलाई चन्द्रागिरीमा चन्द्रागिरी हिल्स लिमिटेडका महाप्रवन्धक संजिव थापाले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए । ओबेरोयले चन्द्रागिरी भ्रमणबारे प्रतिक्रिया दिँदै काठमाडौँको उच्च स्थानमा अत्यन्तै सुन्दर पर्यटकीय गन्तव्यको रुपमा चन्द्रागिरी रहेको बताए ।
यसका साथै चन्द्रागिरी हिल्सका सम्पूर्ण परिवारलाई समेत धन्यवाद दिएका थिए । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरी डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल, साहसिक खेल तथा पाँच तारे लक्सरी रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरी डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया