

शौचालयमा महिला मृत फेला

दाङ । दाङ स्थित तुलसीपुरको शौचालयमा एक महिला मृत फेला परेकी छन्।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ कपडादेवीकी ३८ वर्षकी कमला लामिछाने शौचालयमा मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रञ्जन स्वाँरले जानकारी दिए।
प्रहरी प्रवक्तासमेत रहेका स्वाँरका अनुसार उनी श्रीमान कृष्ण लामिछानेसँग झगडा भएपछि भदौ २० गते नजिकै बस्ने आफ्नी दिदी तेजकुमारी लामिछानेको घरमा गएर बस्दै आएकी थिइन्। दिदीको घरमै रहेको समयमा बिहान शौचालय गएकी कमला नफर्किएपछि ढोका फोडेर हेर्दा मृत फेला परेकी थिइन्।’
शौचालयभित्रै लडेर उनको मृत्यु भएको हुन सक्ने अनुमान चिकित्सकले गरेको प्रहरी निरीक्षक स्वाँरले जानकारी दिए।


खबर सबै
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर









प्रतिक्रिया