दाङमा बस दुर्घटना हुदा १६ जना घाइते

दाङ – दाङमा शुक्रवार बेलुकी भएको बस दुर्घटनामा १६ जना घाइते भएका छन् ।

चितवनको नारायणघाटबाट बर्दियाका लागि छुटेको ना ६ ख ९६७९ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका ९ शिवखोलामा दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका प्रहरीले जनाएकाे छ ।

घाइते सबैलाई उपचारका लागि कोहलपुर लगिएको छ । बसमा ३० जना यात्रु सवार थिए । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

खबर सबै