

बन्दको मौका छोपी बिमा रकम पाउने लोभमा चालक र सह चालकले गरे आफ्नै टिप्परमा आगजनी

दाङ । दाङमा बिमा रकम पाउने लोभमा चालक र सहचालकले आफूले चलाउँदै आएको टिप्परमा आगजनी गरेको खुलेको छ । मंगलर विहान बन्दको मौका छोपी चालक र सहचालकले टिप्पमा आगजनी गरेका हुन् ।
घोराहीबाट लमही तर्फ जाँदै गरेको रा १ ख १६९४ टिप्परमा विहान ४ बजेतिर बबई खोला पुलमा नजिकै आगलागी भएको थियो । सो विषयमा अनुसन्धान गर्दा गाडी मालिकको सहमतिमा चालक र सहचालकले आगजनी गरेको खुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश प्रसाद काफ्लेले बताए ।
प्रहरीले चालक अरुण चौधरी र सहचालक आकाश चौधरीलाई नियन्त्रणमा लिएको छ । उनीहरुले दुई दिनदेखि बनाउन दिएको टिप्पर विहानै लगेर बिमाको रकम पाउने लोभमा आगजनी गरेको खुलेको काफ्लेको भनाई छ ।


खबर सबै
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर









प्रतिक्रिया