कृष्णनगरबाट हराएका वालक पोखरामा भेटिए

चन्द्रौटा-कपिलवस्तुको कृष्णनगरबाट हराएका वालक संम्पर्कमा आएका छन । आइतबार साँझ करिव ७ बजे देखि कृष्णनगर १ पुरानो १३ वर्षीय विपिन भट्टराइ कास्किो लेकसाइडमा प्रहरीको संम्पर्कमा आएको  जानकारी दिएको छ ।   कृष्णनगर प्रहरीका अनुसार वालको हुलिया र प्रहरी संचार मार्फत देशभर जानकारी गराएको जनाएको छ । कास्किको लेकसाइड प्रहरीमा सुरक्षित रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।उक्त घटना बारे प्रहरीले अनुसन्धान गरीरहेको छ ।

रातको १२ वजे सम्पर्कमा आएका वालकको उद्ददारको लागि परीवार गएको बुबा बाबुराम भट्टराईले जानकारी दिनु भयो ।
अर्घाखाँचीको भुमिकास्थान गाउँपालिकामा घर भइ कृष्णनगरमा होटल देउराली रेस्टोरेंट एण्ड लज संचालन गर्दै आएका बाबुराम भट्टराइका छोरा विपिन कृष्णनगर बजार देखि आइतवार साझ ७ बजे देखि बेपत्ता रहेका थिए ।

कृष्णनगरमा बसोवास गर्दै आएका बाबुराम भट्टराईको छोरा विपिन भट्टराइ आईतवार(हिजों) देखि सम्पर्क बिहिन बनेको पारिवारिक स्रोतले जनाएको छ ।

बुबा बाबुराम भट्टराइले भने ‘अहिले छोरा संम्पर्कमा आएका छन हामी खुशी छौ , उद्ददारको लागि कास्कि जादैछौं केहिबेर मा पुग्छौ अरु थप विषयको बारेमा अहिले भन्न असमर्थ छौ उनले भने ।

प्रतिक्रिया

खबर सबै