


ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती



जितपुर | ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा.लि.ले आफ्नो १३औँ स्थापना दिवसको अवसरमा विद्यार्थी सम्मान, प्रथम ब्राइट डान्स आइडल–२०८३ तथा खुला नृत्य प्रतियोगिता आज पिस हिमालयन रिसोर्ट , ठाकुरापुरमा भव्य रूपमा सम्पन्न गरेको छ ।
कार्यक्रममा जापान र कोरिया भाषा परीक्षा उत्तीर्ण गरेका ७० जना विद्यार्थीलाई सम्मान गरिएको संस्थाका प्रबन्ध निर्देशक अशिम क्षेत्रीले जानकारी दिए ।
डान्स आइडल प्रतियोगितामा १३ जना प्रतियोगी सहभागी भएका थिए । प्रतिस्पर्धामा विजय घर्ती प्रथम, विकास परियार द्वितीय तथा सन्ध्या रणपाल तृतीय र ममता परियार र बिबुशी घिमिरे सान्त्वना हुन सफल भएकी छन ।
कार्यक्रममा कलाकार उज्ज्वल गिरि, गायिका आश्मा बन्जाडे, विनोद रञ्जन लगायत स्थानीय कलाकारले सांगीतिक तथा नृत्य प्रस्तुति दिएका थिए ।
कार्यक्रम प्रबन्ध निर्देशक अशिम क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाणगंगा नगरपालिका–४ का वडाध्यक्ष छबिलाल रेश्मी मगर विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। कल्पना केसीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल कपिलवस्तुका सस्थापक अध्यक्ष पूर्णचन्द्र परियारले गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल कपिलवस्तुका पुर्व अध्यक्ष थानेस्वर अधिकारी, निबर्तमान अध्यक्ष शारदा खनाल, प्रतिष्ठान कपिलवस्तुका सल्लाहकार तथा कपिलवस्तु नगरपालिकाका शिक्षा शाखा प्रमुख युवराज भुसाल, पत्रकार मोहन बेल्बासे, पशुपति गिरि, बिष्णु खरेल लगायतको उपस्थिति रहेको थियो ।
नृत्य प्रतियोगिताको निर्णायक संयोजकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुका उपाध्यक्ष सुमन पौडेल तथा सदस्यमा विजय शारु र बबिता धिताल रहेकी थिईन ।


खबर सबै
-
बुटवलको तिनाउ नदि किनारका १५ जनालाई सुरक्षित स्थानमा सारियो
-
भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा १६ सयभन्दा बढी तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान






प्रतिक्रिया