

रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार



रुपन्देहीको बुटवलस्थित योगीकुटीमा रहेको विद्युत् सबस्टेसन परिसरबाट १६ वटा अजिङ्गर (पाइथन) का बच्चा उद्धार गरिएको छ। सर्प उद्धारकर्ता नवीन पौडेलले सबस्टेसन नजिकैको झाडीमा एउटै स्थानबाट ती बच्चाहरू फेला पारेर उद्धार गर्नुभएको हो।
उहाँका अनुसार एउटै स्थानमा यति धेरै संख्यामा अजिङ्गरका बच्चा भेटिनु दुर्लभ घटना हो। उद्धार गरिएका बच्चाहरूलाई आवश्यक निरीक्षणपछि मानव बस्तीबाट टाढा रहेको प्राकृतिक वासस्थानमा सुरक्षित रूपमा छाडिने उहाँले बताउनुभयो।
२२ वर्षीय पौडेलले भन्नुभयो, ‘‘सुरुमा १५ वटा बच्चा भेटिएका थिए, त्यसपछि थप एउटा फेला पर्यो। एउटै गुँडमा ३० देखि ८० वटासम्म बच्चा हुन सक्छन्। अझै थप भेटिन पनि सक्छन्। उद्धार गरिएका बच्चाहरू शुक्रबार वन डिभिजन कार्यालयमा बुझाउनेछु।’’
अजिङ्गर विषालु सर्प नभए पनि वातावरणीय सन्तुलन कायम राख्न महत्त्वपूर्ण प्रजातिका रूपमा चिनिन्छ। पौडेलले वर्षायाममा सर्पको गतिविधि बढ्ने भएकाले सर्प देखिएमा आत्तिनुभन्दा सम्बन्धित उद्धारकर्तालाई खबर गर्न सर्वसाधारणसँग आग्रह गर्नुभयो।
उहाँका अनुसार हालसम्म करिब दुई हजारभन्दा बढी सर्पको उद्धार गरिसकिएको छ। उहाँ विगत छ वर्षदेखि सर्प उद्धारको काममा सक्रिय हुनुहुन्छ।
गत वर्ष असार २२, २३ र २४ गते तिलोत्तमा नगरपालिका–स्थित एक घरबाट सर्प उद्धारकर्ता विशाल पाण्डेले २३ वटा गोमन (कोब्रा) का बच्चा उद्धार गर्नुभएको थियो।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया