

प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा



प्याराग्वेसँग कडा प्रतिस्पर्धाबीच ०–० गोलको बराबरी खेल्दै अस्ट्रेलिया जारी २०२६ फिफा विश्वकपको नकआउट चरण (अन्तिम ३२) मा प्रवेश गरेको छ। क्यालिफोर्नियास्थित लेभिस स्टेडियममा बिहीबार भएको खेलमा प्राप्त १ अङ्कसँगै अस्ट्रेलिया समूह ‘डी’ को उपविजेता बन्दै अर्को चरणमा पुगेको हो ।
समूह चरणमा अस्ट्रेलियाले कुल ४ अङ्क जोड्यो। आफ्नो पहिलो खेलमा टर्कीलाई पराजित गरेको अस्ट्रेलिया दोस्रो खेलमा अमेरिकासँग पराजित भएको थियो। प्याराग्वेविरुद्धको निर्णायक खेलमा अस्ट्रेलियामाथि खासै ठुलो संकट नआए पनि टोलीले गोल भने गर्न सकेन। विश्वकप इतिहासमा अस्ट्रेलियाले सात पटक सहभागिता जनाएकामा समूह चरण पार गरेको यो तेस्रो पटक हो।
यता, अस्ट्रेलियासँगको यस बराबरीले प्याराग्वेको पनि नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ। प्याराग्वे उत्कृष्ट आठ तेस्रो स्थानमा रहने टोलीका रूपमा अर्को चरणमा पुग्ने दौडमा छ।

यसै समूहको अर्को खेलमा टर्कीसँग ३–२ ले पराजित भए पनि अमेरिका यसअघि नै समूह ‘डी’ को शीर्ष स्थान सुरक्षित हुँदै अघिल्लो चरणमा पुगिसकेको छ।


खबर सबै
-
नेपाल–भारत सम्बन्ध सधैँ सुमधुर र प्रगाढ छ : प्रधानमन्त्री शाह
-
मौसम पूर्वानुमान महाशाखाले भन्यो- असोज १७ देखि भीषण वर्षा हुन्छ भन्ने हल्ला भ्रामक
-
तिनाउको बाढीले छ घर बगे
-
दुर्गा प्रसाईं पक्राउ
-
बुटवलमा आजदेखि अन्तर्राष्ट्रिय पुरुष भलिबल, भारत र श्रीलंकासहित ८ समूह प्रतिस्पर्धामा
-
नारायणी नदीमा क्रुजसिप बगाएपछि पूर्व–पश्चिम राजमार्ग बन्द
-
दुर्गा प्रसाईं पक्राउ
-
बुटवलमा आजदेखि अन्तर्राष्ट्रिय पुरुष भलिबल, भारत र श्रीलंकासहित ८ समूह प्रतिस्पर्धामा
-
नारायणी नदीमा क्रुजसिप बगाएपछि पूर्व–पश्चिम राजमार्ग बन्द
-
दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा २७ जनाको मृत्यु
-
बाढीले देशभर एक हजार मेगावाट विद्युत् उत्पादन अवरुद्ध
-
विपदबाट चार दिनमा १६ जनाको मृत्यु







प्रतिक्रिया