

भदौ २३ बाट कपिलवस्तुमा बजार खोल्न उद्योगीहरुको माग



भदौ २१ कपिलवस्तु
छिमेकी दुई जिल्लामा व्यापार व्यावसाय संचालनमा खुकुलो बनाए सँगै कपिलवस्तुमा पनि उद्योगी व्यवसायीहरु लकडाउन खुकुलो बनाउनुपर्ने माग सहित अगाडि आएका छन् । जिल्लामा लकडाउनका कारण बजार बन्द हुदाँ उद्योगि व्यवसायीहरु सबैभन्दा बढि मारमा परेको भन्दै उद्योग व्यवसाय संचालन गर्ने बारे कपिलवस्तुका उद्योगी व्यवसायी एकढिक्का भएका हुन ।
जिल्लाका उद्योग वाणिज्य संघहरुको जितपुरमा आज बसेको बैठकले जारी निषेधाज्ञाको मोडालिटीमा परिमार्जन गर्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र सवै स्थानीय तहहरुको ध्यानाकर्षण गराएको छ । व्यवसायीहरुले अब सहज रुपमा कम्तिमा पनि दैनिक ६ घण्टा व्यवसाय संचालन गर्नुपर्ने निष्कर्ष निकालेको कपिलवस्तु उद्योग वाणिज्य संघ जितपुरका अध्यक्ष उमानाथ पौडेलले बताउनुभयो ।
कपिलवस्तु उद्योग वाणिज्य संघ चारनम्बर, तौलिहवा उद्योग वाणिज्य संघ, र चन्द्रौटा उद्योग वाणिज्य संघले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै भाद्र २३ देखि बन्दाबन्दीको मोडालिटी फेर्नुपनेमा जोड दिएका छन् ।
गत चैत्र ११ गतेदेखीको लकडाउनका कारण मानिसको दैनिक जनजीवन, उद्योग÷व्यापार पूर्ण रुपमा प्रभावित भएको छ । दैनिक विहान २ घण्टा मात्र व्यवसाय सञ्चालन गर्दा बढी भिडभाड हुँदा कोरोना संक्रमणको त्रास बढेकाले सवै उद्योग व्यवसाय वित्तिय संस्थाहरु स्वास्थ्य सुरक्षा अपनाई निर्वाध रुपमा संचालन गर्दा जोखिम कम हुने चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमशेर अलि मियाले बताउनुभयो ।



खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया