

लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो



लुम्बिनीमा पार्टीको निर्देशन अवज्ञा गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत नदिने प्रदेशसभा सदस्य अम्बिका काफ्लेको पद गएको छ ।
जसपा नेपालले पार्टीको ह्वीप उल्लंघनमा उनलाई निष्कासन गरेको पत्र प्रदेशसभा सचिवालयमा पठाएको थियो । प्रदेशसभा सचिवालयले बुधबार काफ्लेको दल त्याग सम्बन्धी सूचना टाँस गरेको हो ।
जसपा नेपाल लुम्बिनी प्रदेशसभा संसदीय दलको निर्णय र सिफारिसका आधारमा पार्टी केन्द्रीय समितिले काफ्लेलाई प्रदेशसभा सदस्य पदबाट निष्कासन गर्ने निर्णय गरेको थियो।
पार्टीले पटक–पटक स्पष्टीकरणको मौका दिँदा समेत बेवास्ता गरी पार्टी तथा संसदीय दलको निर्णयविपरीत गतिविधि गरेको आरोपमा काफ्लेमाथि कारबाही गरिएको जनाएको छ । पार्टी केन्द्रले एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई साथ नदिन निर्देशन दिएको भए पनि उनले आचार्यलाई विश्वासको मत दिएकी थिइन् ।
काफ्लेलाई निष्कासन गरिएको जानकारीसहितको पत्र जसपा नेपालको लुम्बिनी प्रदेशसभा संसदीय दलको कार्यालयबाट प्रदेशसभा सचिवालयमा प्राप्त भएको थियो।
उक्त पत्र सभामुखसमक्ष पेस भएपछि कानुनी प्रक्रियाअनुसार दल त्यागसम्बन्धी सूचना प्रकाशन गर्न निर्देशन दिइएको थियो। प्रदेशसभा अधिवेशन चालु नरहेको अवस्थामा सभामुखको निर्देशनअनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (२) तथा लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १९६ बमोजिम सूचना प्रकाशन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।
प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जारी गरेको सूचनामा पार्टीले प्रदेशसभा सदस्य पदबाट काफ्लेलाई निष्कासन गरेको जानकारी कानुनी प्रक्रियाअनुसार सार्वजनिक गरिएको उल्लेख छ। *नदिने हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।


खबर सबै
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री






प्रतिक्रिया