

भदौ २३ बाट कपिलवस्तुमा बजार खोल्न उद्योगीहरुको माग



भदौ २१ कपिलवस्तु
छिमेकी दुई जिल्लामा व्यापार व्यावसाय संचालनमा खुकुलो बनाए सँगै कपिलवस्तुमा पनि उद्योगी व्यवसायीहरु लकडाउन खुकुलो बनाउनुपर्ने माग सहित अगाडि आएका छन् । जिल्लामा लकडाउनका कारण बजार बन्द हुदाँ उद्योगि व्यवसायीहरु सबैभन्दा बढि मारमा परेको भन्दै उद्योग व्यवसाय संचालन गर्ने बारे कपिलवस्तुका उद्योगी व्यवसायी एकढिक्का भएका हुन ।
जिल्लाका उद्योग वाणिज्य संघहरुको जितपुरमा आज बसेको बैठकले जारी निषेधाज्ञाको मोडालिटीमा परिमार्जन गर्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र सवै स्थानीय तहहरुको ध्यानाकर्षण गराएको छ । व्यवसायीहरुले अब सहज रुपमा कम्तिमा पनि दैनिक ६ घण्टा व्यवसाय संचालन गर्नुपर्ने निष्कर्ष निकालेको कपिलवस्तु उद्योग वाणिज्य संघ जितपुरका अध्यक्ष उमानाथ पौडेलले बताउनुभयो ।
कपिलवस्तु उद्योग वाणिज्य संघ चारनम्बर, तौलिहवा उद्योग वाणिज्य संघ, र चन्द्रौटा उद्योग वाणिज्य संघले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै भाद्र २३ देखि बन्दाबन्दीको मोडालिटी फेर्नुपनेमा जोड दिएका छन् ।
गत चैत्र ११ गतेदेखीको लकडाउनका कारण मानिसको दैनिक जनजीवन, उद्योग÷व्यापार पूर्ण रुपमा प्रभावित भएको छ । दैनिक विहान २ घण्टा मात्र व्यवसाय सञ्चालन गर्दा बढी भिडभाड हुँदा कोरोना संक्रमणको त्रास बढेकाले सवै उद्योग व्यवसाय वित्तिय संस्थाहरु स्वास्थ्य सुरक्षा अपनाई निर्वाध रुपमा संचालन गर्दा जोखिम कम हुने चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमशेर अलि मियाले बताउनुभयो ।



खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया