

नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व



साझाकुरा भलवाड । नेपाली कांग्रेस बाणगंगा ९ वडा कार्यसमितिको सभापतिमा दिपक कुमार थापा निर्वाचित भएका छन् । आइतबार जिनुवामा सम्पन्न पार्टीको वडा कार्यसमितिको अधिवेशनबाट थापालाई नेपाली कांग्रेस वडा कार्यसमितिको सभापतिको नेतृत्व प्रदान गरिएको हो ।
थापाको वडा सभापतिको दाबेदारीमा नि.वर्तमान वडा सभापति भुवनेश्वर पौडेल प्रस्तावकमा बसेका थिए भने खेलराज पौडेल समर्थकमा थिए ।
थापा वडा सभापतिमा निर्वाचित भएसँगै नेपाली कांग्रेस बाणगंगा ९ वडा कार्यसमितिको उप सभापतिमा हुमलाल पौडेल र शुस्मा थापा निर्वाचित भएका छन भने सचिवमा बिक्रम प्रसाद पौडेल, सह सचिव रेशम प्रसाद आचार्य रहेका छन् ।
यस्तै सदस्यहरुमा ६ जना पछि मनोनित गर्ने गरी अधिवेशनले वडा कार्यसमितिको सदस्यहरुमा क्रमशः तिलमाया खड्का, लक्ष्मी खत्री, रनबहादुर सुनार, बासुदेव पोख्रेल, दामोदर भुसाल, खडानन्द बञ्जाडे, लक्ष्मी प्रसाद पोख्रेल र जीवनारायण पौडेललाई चयन गरेको छ ।
यस्तै नगर सदस्यमा लक्ष्मण रायमाझी र सरस्वती गैरे पौडेल चयन भएका छन् । अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा ३३ जना छनोटमा परेको जनाइएको छ ।
नेपाली कांग्रेस वडा नम्बर ९ वडा कार्यसमितिको अधिवशेन जिनुवा स्थित खोजिपुर सामुदायिक वनको सभाहल जिनुवामा भएको थियो ।


खबर सबै
-
कपिलवस्तुमा सामाजिक विकृतिविरुद्ध सडक नाटक र देउसी–भैलो प्रतियोगिता हुँदै
-
बाणगंगा ९ का ५३ वर्षीय ऋषिराम अधिकारी बेपत्ता, खोजीकार्यमा सहयोग गरिदिन परिवारको आग्रह
-
अमेरिकामा आज मध्यावधि चुनाव, ट्रम्पलाई दुवै सदनमा बहुमत जोगाउने चुनौती
-
अन्तर्राष्ट्रिय क्रिकेटबाट अस्ट्रेलियाका ग्लेन म्याक्सवेलको सन्यास
-
आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
-
एनपीएल : विराटनगर-जनकपुर तथा लुम्बिनी-पोखरा भिड्दै
-
अन्तर्राष्ट्रिय क्रिकेटबाट अस्ट्रेलियाका ग्लेन म्याक्सवेलको सन्यास
-
आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
-
एनपीएल : विराटनगर-जनकपुर तथा लुम्बिनी-पोखरा भिड्दै
-
अर्घाखाँची : सात तालको लयमा गुन्जियो भैरव नाच
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने







प्रतिक्रिया