लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता

साझाकुरा, कपिलवस्तु | ईलाका प्रहरी कार्यालय पिपरा कलिवस्तुमा हालै सरुवा भई आउनुभएका प्रहरी प्रमुख इनिस्पेक्टर कालिका कार्कीसँग लायन्स क्लव अफ कपिलवस्तुले स्वागत सम्मानसहित परिचयात्मक कार्यक्रम गरेको छ । सोमबार लायन्स क्लव अफ कपिलवस्तुको नियमित क्लव बैठकमा प्रहरी निरिक्षक कार्कीलाई लायन्स सचिवालयमा स्वागत गर्दै सम्मान पनि गरेको हो ।

लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष सुमन क्षेत्री अध्यक्षतामा आयोजित कार्यक्रममा प्रहरी निरीक्षक कालिका कार्कीले ईलाका प्रहरी कार्यालय पिपरामा आफू रहँदा सम्म यहाँको शान्ती सुव्यवस्था कायम तथा यहाँका सामाजिक संस्थाहरुसँगको सहकार्यलाई प्रभावकारी बनाउने बताउनुभयो । उहाँले लायन्स क्लवले यस अघि जसरी प्रहरीसँग समन्वयका साथ कामहरु संचालन गरिरहेको थियो त्यसलाई आफ्नो कार्यकालमा पनि अझै प्रतिफलमुखि बनाउन लाग्ने प्रतिबद्धता पनि जनाउनुभयो । लायन्सका गतिविधि सामाजिक विकास र सचेतनामा केन्द्रित हुने भएकाले यसका लागि प्रहरीसँगको सहकार्यबाट यसलाई अझ प्रभावकारी बनाउन सकिने उहाँको भनाइ थियो ।

कार्यक्रमा लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष सुमन क्षेत्रीसँगै लायन्स इन्टरनेश्नल डिष्ट्रिक ३२५ पी नेपालका कोषाध्यक्ष सुरेन्द्र घिमिरे तथा लायन्स क्लव अफ कपिलवस्तुका पुर्व अध्यक्षहरुले प्रहरी निरिक्षक कार्कीलाई मायाको चिनोसहित सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा लायन्स इन्टरनेश्नल डिष्ट्रिक ३२५ पी नेपालका कोषाध्यक्ष सुरेन्द्र घिमिरेले लायन्स इन्टरनेश्नल विश्वभरका सामाजिक संस्थाहरुमध्ये सबैभन्दा बढी सदस्य आबद्ध रहेको संस्था रहेको बताउनुभयो । लायन्स क्लव अफ कपिलवस्तु पछिल्लो ९ वर्षदेखि लायन्स गतिविधिहरु संचालन गर्दै सामाजिक सेवा भावका साथ काम गरिरहेको बताउनुभयो । विशेष गरी युवालक्षित र सामुदायिक सचेतनाका सवालमा प्रहरीसँगको सहकार्यले नै सामाजिक सद्भाव कायम गराउन लायन्सको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा लायन्स क्लव अफ कलिवस्तुका पुर्व अध्यक्षहरु, वर्तमान कार्यसमितिका पदाधिकारीहरु, लायन्स सदस्यहरु लगाएतको उपस्थिति रहेको थियो ।

यसैबिच सोही कार्यक्रम लायन्स क्ल व अफ कपिलवस्तुका पुर्व अध्यक्ष सुरेन्द्र घिमिरे लायन्स इन्टरनेश्नल डिष्ट्रिक ३२५ पी नेपालको कोषाध्यक्ष जस्तो महत्वपूर्ण जिम्मेवार पदमा चयन भई कर्यभार सम्हाल्नुभएको भन्दै क्लवले उहाँलाई मायाको चिनोसहित सम्मान समेत गरेको छ ।

प्रतिक्रिया

खबर सबै