

१२ औं कपिलवस्तु महोत्सव : स्टल निर्माण अन्तिम चरणमा



कपिलवस्तु ।
कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा हुने १२ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीको उद्घाटन मिति नजिकिदैं गर्दा तयारीलाई तीब्र पारिएको छ । ‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव आगामी चैत्र ३ गतेदेखि चैत्र १३ गतेसम्म बाणगंगा १ जीतपुर स्थित बुद्ध रंगशालामा सञ्चालन हुन लागेको हो । महोत्सवको करिब ७५ प्रतिशत तयारी पूरा भइसकेको महोत्सवका स्टल संयोजक मदन पौडेलले बताएका छन् । संयोजक पौडेलले स्टल बुकिङ्गको काम अन्तिर चरण पुगेको बताए । महोत्सव स्थलमा २ सय ५० स्टल रहने बताउँदै उनले स्टल काम पनि अन्तिम चरणमा रहेको बताए । उनले भने, ‘यहाँ स्टल बुकिङ्गको काम अन्तिर चरण पुगेको छ, २ सय ५० स्टल रहन्छन्, स्टल बनाउने काम पनि अन्तिम चरणमा छ ।’
उनले थलिएको अर्थतन्त्रलाई माथि उठाउन महोत्सव महत्वपूर्ण सावित हुने दाबी गरे । यस क्षेत्रको समग्र पहिचान झल्किने गरि महोत्सव स्थलमा पुरातात्विक सम्पदा, धार्मिक, पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने गरि स्टलहरुको काम भईरहेको उनले बताए । यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सव संचालन गर्न लगिएको उनको भनाइ छ । उनले महोत्सवलाई उत्कृष्ट बनाउन विभिन्न समिति तथा उपसमितिहरु गठन गर्दै काम अघि बढेको बताए । महोत्सवमा करिब २ लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गर्दै आएको छ भने ५ करोड बराबरको कारोबार गर्ने लक्ष्य लिएको छ । महोत्सव स्थलमा कक्ष निर्माण, महोत्सवको मूलगेट निर्माण र सचिवालय निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया