

विजयनगरमा ६५ दिने आधारभुत सिलाईकटाई तालिम सञ्चालन



विजयनगर । कपिलवस्तुको विजयनगरमा ६५ दिने आधारभुत सिलाईकटाई सम्बन्धि सीप विकास तालीम उद्धघाटन गरिएको छ ।
सीप सिकौँ, आत्मा निर्भर बनौँ मुख्य नारा सहित गरीबी निवारणको लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत तालिमको संचालन गरिएको कार्यक्रम प्रमुख अनिल सापकोटाले जानकारी दिनु भएको छ ।
तालिमलाई उद्धघाटन गर्दै गाउँ पालिका अध्यक्ष गोपाल बहादुर थापाले कार्यक्रम निरन्तर रहेकोले सफल व्यवसायी हुन जोड दिनु भयो । तालीमलाई अवसरको रुपमा लिए आम्दानीको श्रोत हुने आफू र परिवारको जीवनमा परिवर्तन हुने थापाले बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँ पालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले महिलालाई उद्यमि बनाउ यो अभियानलाई निरन्तरता दिने बताउनु भयो । फुर्सदको समय सदुपयोग हुने साथै आम्दानीको बाटो हुनेभएकोले छोराछोरी को उचित शिक्षामा समेत प्रत्यक्ष फाइदा पुग्ने चौधरीले बताउनु भयो । गाउँपालिकाको आयोजनामा वडा न।२ गहिरामा संचालन गरिएको तालीममा १६ जना सहभागीलाई श्याम कुमारी चौधरीले प्रशिक्षण दिनु हुनेछ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया