

रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा आजदेखि शुक्रबारसम्म भारत भ्रमणमा जाने भएका छन् ।
भ्रमणका क्रममा सभापति लामिछानेले नयाँ दिल्लीमा भारतीय जनता पार्टीका शीर्ष नेतृत्वसँग उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
साथै भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग पनि भेटघाट गर्नेकार्यक्रम रहेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । भ्रमणका क्रममा उनको अयोध्याको निजी भ्रमण पनि तय गरिएको छ ।
सभापति लामिछानेसँगै पार्टीको आधिकारिक प्रतिनिधिमण्डलमा सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी हुने प्रवक्ता झाले जानकारी दिएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले तत्काल विदेश भ्रमण नजाने भएपछि लामिछाने छिमेकी देश भारतसँगको सम्बन्धलाई सुदृढ बनाउन भ्रमण गर्न लागेको उनी निकट नेताहरुको दाबि रहेको छ ।
भारतले प्रधानमन्त्री शाहको भारत भ्रमण चाहेको भएपनि त्यसो हुन नसकेपछि लामिछानेको भ्रमण हुन लागेको बताइएको छ । भारत भ्रमणको क्रममा लामिछानेको भाजपा अध्यक्ष नितिन नवीन बाहेक अन्य कुन कुन नेतासँग भेटवार्ता हुन्छ भन्ने स्पष्ट गरिएको छैन ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासले सभापति लामिछानेका उच्चस्तरीय भेटघाट तथा कार्यक्रमहरूको व्यवस्थापन र समन्वयका लागि आवश्यक सहकार्य गरिरहेको जनाइएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया