

बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि


आईपीएल २०२६ को उपाधि साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले जितेको छ । आइतबार भएको फाइनलमा गुजरात टाइटन्सलाई ५ विकेटकाे हार चखाउँदै बेंगलुरुले उपाधि रक्षा गरेको हो ।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनलमा बेंगलुरुले गुजरातमाथि दाेस्राे पटक जित निकालेकाे हाे । बेंगलुरुले गत संस्करणको फाइनलमा पन्जाब किङ्सलाई हराउँदै पहिलोपटक आईपीएलको उपाधि जितेको थियो ।
आज सम्पन्न फिनालेमा गुजरातले दिएको १५६ रनको मध्यम लक्ष्य बेंगलुरुले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । बेंगलुरुका लागि विराट कोहलीले सर्वाधिक अविजित ७५ रन बनाए । ४२ बल खेलेका उनले ९ चौका र ३ छक्का प्रहार गरे । भेनकटेश अय्यरले ३२ रन बनाए ।
गुजरातका लागि राशिद खानले २ विकेट लिए भने मोहम्मद सिराज, कगिसो रबाडा र अर्शद खानले १-१ विकेट लिए । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १५५ रन बनाएको थियो । वासिङ्टन सुन्दरले सर्वाधिक अविजित ५० रन बनाए । निशान्त सिन्धुले २० तथा जस बट्लरले १९ रन बनाए ।

बेंगलुरुका लागि रसिख सलामले ४ ओभरमा २७ रन दिएर ३ विकेट लिए । जोश हेजलवूड र भुवनेश्वर कुमारले २-२ तथा क्रुनाल पान्ड्याले १ विकेट लिए । यसअघि पहिलो क्वालिफायरमा पनि बेंगलुरुले गुजरातलाई पराजित गरेको थियो । लिग चरणमा पनि बेंगलुरु शीर्षस्थानमा रहेर फिनिस गरेको थियो ।
आईपीएलमा लगातार दुई उपाधि जित्ने बेंगलुरु तेस्रो टोली हो । यसअघि चेन्नई सुपर किङ्सले सन् २०१० र २०११ तथा मुम्बई इन्डियन्सले सन् २०१९ र २०२० मा लगातार उपाधि जितेका थिए ।
आईपीएलको सर्वााधिक उपाधि जित्नेमा पनि चेन्नई र मुम्बई अगाडि छन् । दुवैले ५-५ पटक उपाधि जितेका छन् । कोलकाता नाइट राइडर्सले ३ पटक उपाधि जितेको छ भने राजस्थान रोयल्स, डेक्कन चार्जर्स, सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सले १-१ उपाधि जितेका छन् ।


खबर सबै
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ






प्रतिक्रिया