

खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा

रामबहादुर गन्धर्व । कपिलवस्तु जिल्लाकाे बाणगङ्गा नगरपालिका ५/६ स्थिति खैरेनीचौर सामुदायिक बन उपभोक्ता समूहले आफ्नो सेवा क्षेत्र भित्र रहेका विभिन्न टाेलका गरिब बिपन्न,उपभोक्ताहरूकाे स्वास्थ्य अवस्थालाई मध्येनजर गर्दै स्वास्थ्य सेवामा पहुँच पु-याउने उद्देश्यले एक दिवशिय बृहत् नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।
उक्त शिविरमा चारसय बढीले स्वास्थ्य जाँच गरेका छन् ।शिविरमा धेरै जसाे महिला ,बालबालिका ,पचास बर्ष उमेर समुहकाे सहभनगिता रहेको थियो भने केही बृद्धबृद्धाहरू पनि रहेका थिए। शनिबार अयोजित शिविरबाट बाणगङ्गा-६कि १०३बर्षिय धनसरी गन्धर्वले स्वास्थ्य परिक्षण गराई उदघाटन गरेकाे बनले जनाएको छ। नियाेन मल्टीस्पसियलिटी सेन्टर बुटवलको प्राबिधिक सहयोग ,बाणगङ्गा नगरपालिका ६न.वडाकाे सहयोग र खैरेनीचौर सामुदायिक बनकाे आयोजनामा सञ्चालित साे शिविरमा जनरल फिजिसियन,नशा तथा मनाेराेग ,जनरल सर्जरी जाँच,भिडियो एक्सरे हाडजोर्नी तथा नशाराेग ,नाँक कान घाँटी ,स्त्री तथा महिला राेग,मधुमेह ,सुगर मुटुराेग जस्ता बिशेषज्ञ चिकित्सकहरूबाट बिरामीहरूकाे स्वास्थ्य परिक्षण तथा औषधी बितरण गरिएको थियो ।
।शिविरमा इसिजी ,भिडियो एक्सरे र औषधी नि:शुल्क बितरण गरिएको थियो । सेवाग्राहीहरूले आफ्नै घर नजिक बिशेषज्ञ चिकित्सकहरूबाट सेवा लिन पाएकाेमा खुसी ब्यक्त गर्दै यस्ता कार्यक्रम लाई निरन्तरता दिन आग्रह गरे। सामुदायिक बनले सेवामा खटिने बाईस जना चिकित्सकहरूलाई धन्यवाद प्रकट गर्दै कदरपत्रले सम्मान गरेको थियो ।
बाणगङ्गा नगरपालिका का स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल ,वडा न.६का वडाध्यक्ष करूण टण्डन ,सामुदायिक बन महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष हुमनाथ भट्टराई ।कार्य समिति सदस्य ,पदाधिकारी ,स्थानीय समाजसेवी हरूकाे बिशेष उपस्थिति रहेको कार्यक्रम मन्जु मत्राकाे अध्यक्षता सचिव रामप्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया