

वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने



वाणगंगा–९, जिनुवामा जिनुवा स्पोर्ट्स एण्ड लिङ्कन सोसाइटीको आयोजनामा सञ्चालन भइरहेको प्रथम केशब स्मृति ७ ए साइड नकआउट फुटबल प्रतियोगिता २०८३ अन्तर्गत आज पाँचौँ दिन ३ वटा खेल हुने भएका छन्।
आजको पहिलो खेल दिउँसो २ बजे न्यु बुद्ध स्पोर्ट्स क्लब, बनकट्टी र कानुङ्ग क्लबबीच हुनेछ। त्यसपछि दोस्रो खेलमा आयोजक जिनुवा स्पोर्ट्स एण्ड लिङ्कन सोसाइटीले द स्काइ, बक्किसपुरसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै तेस्रो खेलमा हन्टर ब्वाइज र सयपत्री युवा क्लब आमनेसामने हुनेछन्।
प्रतियोगितामा कुल २८ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले नगद रु. २५ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।
खोजीपुर सामुदायिक वन मुख्य प्रायोजक रहेको उक्त प्रतियोगिताले स्थानीय युवाहरूमा खेलकुदप्रतिको आकर्षण बढाउनुका साथै प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया