

वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने


वाणगंगा–९, जिनुवामा जिनुवा स्पोर्ट्स एण्ड लिङ्कन सोसाइटीको आयोजनामा सञ्चालन भइरहेको प्रथम केशब स्मृति ७ ए साइड नकआउट फुटबल प्रतियोगिता २०८३ अन्तर्गत आज पाँचौँ दिन ३ वटा खेल हुने भएका छन्।
आजको पहिलो खेल दिउँसो २ बजे न्यु बुद्ध स्पोर्ट्स क्लब, बनकट्टी र कानुङ्ग क्लबबीच हुनेछ। त्यसपछि दोस्रो खेलमा आयोजक जिनुवा स्पोर्ट्स एण्ड लिङ्कन सोसाइटीले द स्काइ, बक्किसपुरसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै तेस्रो खेलमा हन्टर ब्वाइज र सयपत्री युवा क्लब आमनेसामने हुनेछन्।
प्रतियोगितामा कुल २८ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले नगद रु. २५ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।
खोजीपुर सामुदायिक वन मुख्य प्रायोजक रहेको उक्त प्रतियोगिताले स्थानीय युवाहरूमा खेलकुदप्रतिको आकर्षण बढाउनुका साथै प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।


खबर सबै
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ
-
उखु किसानले पाए साढे १२ करोड अनुदान
-
बाकेमा २३ हजार सवारीसाधन कारबाही हुदाँ उठ्यो १ करोड ९५ लाख राजस्व






प्रतिक्रिया