वर्षाले कपिलवस्तुको धानबाली डुवानमा

डिल्लीराम भुषाल

लगातार दुई दिनको वर्षाले  कपिलवस्तु जिल्लाको धानबाली नष्ट भएको छ ।  कृषकले   काटेर खेतमा सुकाएको धान र  काट्ने बेला भएका धान बाली वर्षाले डुवानमा परेपछि  किसान चिन्तित बनेका छन् ।  दशैं लगत्तै धान काट्न सुरु गरेका कृषकहरुले वर्षाका कारण क्षति व्यहोर्नु परेको छ ।

धान उत्पादनको पकेट क्षेत्र मानिने कपिलवस्तुको बाणगंगा, बुद्धभुमि, कपिलवस्तु नगरपालिका,  , शुद्धोदन, मायादेवी लगायत स्थानीय तहमा   धानबाली वर्षा  तथा हावाहुरीका कारण  नष्ट भएका छ । कपिलवस्तुमा यस वर्ष ७ प्रतिशतले धान उत्पादन हुने लक्ष्य लिइएको थियो ।

जिल्लाभित्र राधा ४, सुख्खा ३, हर्दिनाथ १ र केही भारतीय उन्नत जातका धान किसानहरुले लगाएका छन् । त्यस बाहेक मध्यम जातमा गोरखनाथ,  सावा लोकनाथ, मकवानपुर १, रामधाम, सावित्री, लोकतन्त्र, मिथिला, मनीषा, पृथ्वी, सुरज, चाँदनी जस्ता धानको खेती गरिएको छ ।

जिल्ला कृषी कार्यालय तथा कपिलवस्तुका १० स्थानीय तहका  कृषिशाखाले  भने हालसम्म कुनै पनि क्षतिको विवरण नआएको जनाएको छ ।

  • नयाँ पत्रिकाबाट साभार

प्रतिक्रिया

खबर सबै