

वर्षाले कपिलवस्तुको धानबाली डुवानमा



डिल्लीराम भुषाल
लगातार दुई दिनको वर्षाले कपिलवस्तु जिल्लाको धानबाली नष्ट भएको छ । कृषकले काटेर खेतमा सुकाएको धान र काट्ने बेला भएका धान बाली वर्षाले डुवानमा परेपछि किसान चिन्तित बनेका छन् । दशैं लगत्तै धान काट्न सुरु गरेका कृषकहरुले वर्षाका कारण क्षति व्यहोर्नु परेको छ ।
धान उत्पादनको पकेट क्षेत्र मानिने कपिलवस्तुको बाणगंगा, बुद्धभुमि, कपिलवस्तु नगरपालिका, , शुद्धोदन, मायादेवी लगायत स्थानीय तहमा धानबाली वर्षा तथा हावाहुरीका कारण नष्ट भएका छ । कपिलवस्तुमा यस वर्ष ७ प्रतिशतले धान उत्पादन हुने लक्ष्य लिइएको थियो ।
जिल्लाभित्र राधा ४, सुख्खा ३, हर्दिनाथ १ र केही भारतीय उन्नत जातका धान किसानहरुले लगाएका छन् । त्यस बाहेक मध्यम जातमा गोरखनाथ, सावा लोकनाथ, मकवानपुर १, रामधाम, सावित्री, लोकतन्त्र, मिथिला, मनीषा, पृथ्वी, सुरज, चाँदनी जस्ता धानको खेती गरिएको छ ।
जिल्ला कृषी कार्यालय तथा कपिलवस्तुका १० स्थानीय तहका कृषिशाखाले भने हालसम्म कुनै पनि क्षतिको विवरण नआएको जनाएको छ ।
- नयाँ पत्रिकाबाट साभार


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया