

कपिलवस्तुमा एक साता निषेधाज्ञा थप हुने संकेत





ई–साझाकुरा राजेन्द्र खनाल , भदौ ७
कपिलवस्तुमा कारोना नियन्त्रण तथा रोकथामका लागि जारी गरीएको निषेधाज्ञा आज मध्ये राति देखि सकिदै छ । साउन अन्तिम सातादेखि सुरु भएको निषेधाज्ञा थप गर्ने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठक आज दिउस बस्ने र निषेधाज्ञा थप गर्ने विषयमा निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बताउनुभयो ।
आज दिउसो २ बजे जिल्ला प्रशासनमा बैठक बोलाईएको छ । बैठकले अझै एक हप्ता देखि १० दिन सम्म निषेधाज्ञा थप गर्ने सम्भावना रहेको प्रजिअ पौडेलले बताउनुभयो । कपिलवस्तु जिल्लामा कोरोना भाईरस संक्रमण समुदायस्तरमा बढ्दो क्रममा छ । यसको नियन्त्रणको मुख्य उपाय नै निषेधाज्ञ वा लकगाउन नै भएका कारण जिल्ला प्रशासन कार्यालयले पटकपटक निषेधाज्ञा जारी गर्दै आएको छ ।
हाल कपिलवस्तु जिल्लामा कोरानाका सक्रिय संक्रमितको संख्या १सय ९५ रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुको तथ्याङ्कले देखाएको छ । उनीहरुको विभिन्न कोरोना अस्पतालमा उपचार भईरहेको कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिनुभएको छ । त्यस्तै अहिले सम्म कपिलवस्तुमा कोरोना संक्रमितको कुल संख्या १ हजार१ सय बढि पुगेको । दुई जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
कपिलवस्तुमा संक्रमित भएकाहरु मध्ये हाल सम्म ९ सय २३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यसैबिच जारी निषेधाज्ञाले जनजीवन प्रभावित भएको छ भने बजारक्षेत्र सुनसान र ठप्प जस्तै भएको छ । बिहान दुई घण्टाका लागि मात्रै अत्यावस्यक पसल संचालनको अनुमति दिइएको भए पनि दिनैभर मुख्य बजार क्षेत्र सुनसान हुनेगरेका छन् । वैँक तथा वित्तिय संस्थाहरु पूर्णरुपमा बन्द भएका छन् जसका कारण दैनिक आर्थिक कारोवारमा पनि ठप्प भएको छ ।


खबर सबै
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई











प्रतिक्रिया