



कपिलवस्तुमा एक साता निषेधाज्ञा थप हुने संकेत


ई–साझाकुरा राजेन्द्र खनाल , भदौ ७
कपिलवस्तुमा कारोना नियन्त्रण तथा रोकथामका लागि जारी गरीएको निषेधाज्ञा आज मध्ये राति देखि सकिदै छ । साउन अन्तिम सातादेखि सुरु भएको निषेधाज्ञा थप गर्ने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठक आज दिउस बस्ने र निषेधाज्ञा थप गर्ने विषयमा निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बताउनुभयो ।
आज दिउसो २ बजे जिल्ला प्रशासनमा बैठक बोलाईएको छ । बैठकले अझै एक हप्ता देखि १० दिन सम्म निषेधाज्ञा थप गर्ने सम्भावना रहेको प्रजिअ पौडेलले बताउनुभयो । कपिलवस्तु जिल्लामा कोरोना भाईरस संक्रमण समुदायस्तरमा बढ्दो क्रममा छ । यसको नियन्त्रणको मुख्य उपाय नै निषेधाज्ञ वा लकगाउन नै भएका कारण जिल्ला प्रशासन कार्यालयले पटकपटक निषेधाज्ञा जारी गर्दै आएको छ ।
हाल कपिलवस्तु जिल्लामा कोरानाका सक्रिय संक्रमितको संख्या १सय ९५ रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुको तथ्याङ्कले देखाएको छ । उनीहरुको विभिन्न कोरोना अस्पतालमा उपचार भईरहेको कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिनुभएको छ । त्यस्तै अहिले सम्म कपिलवस्तुमा कोरोना संक्रमितको कुल संख्या १ हजार१ सय बढि पुगेको । दुई जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
कपिलवस्तुमा संक्रमित भएकाहरु मध्ये हाल सम्म ९ सय २३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यसैबिच जारी निषेधाज्ञाले जनजीवन प्रभावित भएको छ भने बजारक्षेत्र सुनसान र ठप्प जस्तै भएको छ । बिहान दुई घण्टाका लागि मात्रै अत्यावस्यक पसल संचालनको अनुमति दिइएको भए पनि दिनैभर मुख्य बजार क्षेत्र सुनसान हुनेगरेका छन् । वैँक तथा वित्तिय संस्थाहरु पूर्णरुपमा बन्द भएका छन् जसका कारण दैनिक आर्थिक कारोवारमा पनि ठप्प भएको छ ।

खबर सबै
-
मंसिरमा महोत्सवमय बन्दै कपिलवस्तु
-
बाणगंगा–१ को नवनिर्मित नयाँ प्रशासनिक वडा कार्यालय भवन उद्घाटन
-
१६ औं कपिलवस्तु महोत्सवमा यसपटक टिकटक भिडियो प्रतियोगिताः सिर्जनशीलता र सकारात्मक प्रचारलाई प्रोत्साहन गरिने
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
ईपीएस भाषा परीक्षा आजदेखि, पहिलो प्राथमिकता उत्पादन क्षेत्र
-
प्यूठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते, तीन जनाको अवस्था गम्भीर
-
नयाँ राजनीतिक दल दर्ताको लागि समय थपियो, मंसिर ६ सम्म निवेदन दिन सकिने







प्रतिक्रिया