

दाङ घटना : अझै उठेन ३ बालकको शव


दाङ
कार भित्र मृत फेला परेका तीन बालकको शव अझै उठ्न सकेको छैन। बैशाख १८ गते बेलुका दाङको तुलसीपुरस्थित स्याउली बजारमा पार्किङ गरेको रोखेको कारभित्र सोही वडाको बरुवाका गाउँका ९ बर्ष मुनिका तीन बालक मृत अवस्थामा फेला परेका थिए ।शब सोही दिन पोष्ट मार्टमको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो ।
पोष्ट मार्टम रिपोर्टले ती बालकको शरिरमा कुनैपनि चोट पटक लागेको नदेखिएको उल्लेख गरेको छ ।तर, हप्ता दिन बितिसक्दा पनि अभिभाबकले शब बुझ्न नमानेका हुन् । पीडित परिवारले आफ्ना सन्तानको हत्या भएको दाबी गर्दै आएका छन् । उनीहरुले राज्यले उचित क्षतिपुर्ति उपब्ध नगराउँदा सम्म शव नझु्ने अडान लिँदै आएका छन् ।समस्या समाधान गर्न शनिवार सरोकार वालाहरुको बीचमा छलफल हुने भएको बताइएको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया