

जो कहिल्यै धनी बन्न किन सक्दैनन् ?


काठमाडौँ ।
भनिन्छ कुनै पनि मानिस गरीब भएर जन्मनु उसको कमजोरी होईन तर गरीब नै भएर मर्नु चाहिँ उसको कमजोरी हो । त्यसो भए कसरी सफल बन्ने त ?
शास्त्रमा उल्लेख भएअनुसार तल उल्लेखित मानिसहरू जीवनमा कहिल्यै धन कमाउन सक्दैनन् ।
सपना देख्ने क्षमता नभएका व्यक्तिः सपना देख्ने क्षमता नभएका व्यक्तिहरु कहिल्यै पनि धनी बन्न सक्दैनन् किन भने उनीहरूसँग जीवनको कुनै लक्ष्य नै हुँदैन । उद्देश्य नभएका मानिसहरुको जीवन के गर्ने, कसो गर्ने भन्ने विषयमा रुमलिँदै बित्छ ।आजैबाट एउटा सपना देखेर त्यसमा निरन्तर लागिरहनुहोस् ।
समयको महत्व नबुझ्ने मानिसः समयको महत्व नबुझ्ने र साघुँरो सोच भएका मानिसहरु पनि कहिल्यै धनी बन्न सक्दैनन् । आजको युगमा जो मानिस समयको गतिसँगै दौडिन सक्छ उसले मात्र सफलता हासिल गर्न सक्छ । त्यसैले समयमा काम गरेमा मात्रै भाग्य खुल्छ र धन आर्जन गर्न सकिन्छ ।
कमाई अनुसार बचत नगर्ने मानिसः कमाई अनुसार बचत नगर्ने मानिस पनि जीवनभर धनि बन्न सक्दैनन् । धनी हुनको लागि निश्चय पनि बचत गर्नुपर्छ । यदि तपाई जतिसुकै कमाउनुहोस् बचत गर्नु हुन्न भने तपाई कहिल्यै धनी बन्न सक्नुहुन्न ।
समाजमा केही गर्ने इच्छाशक्क्ति नभएका मानिसः समाजमा केही गर्ने इच्छा शक्क्ति नभएका मानिसहरू पनि धनी बन्न सक्दैनन् । त्यसैले मानिसमा केही गर्छु भन्ने इच्छा शक्क्ति हुनु जरुरी हुन्छ ।
संकिर्ण सोचाई भएका मानिसहरुः सकिर्ण सोचाइँ बोकेर हिड्ने व्यक्तिहरु पनि कहिल्यै धनी बन्न सक्दैनन् । साघुँरो सोचाइ बोकेर मै खाऊँ मै लाऊ भन्ने सोचले अगाडि बढ्ने मानिसहरुले कहिल्यै सफलता हात पादैनन् ।
भाग्यमा विश्वास गर्ने मानिसः भाग्यमा विश्वास गरेर भगवान् भरोसा गर्ने मानिस पनि जीवनभर धनी बन्न सक्दैनन् । यस्ता मानिसहरु दिनप्रतिदिन कमजोर बन्दै जान्छन् ।
ऋण लिने र अस्वस्थ्य व्यक्तिः ऋण लिने मान्छे र अस्वस्थ्य व्यक्ति पनि कहिल्यै धनी बन्न सक्दैनन् । यिनिहरुले जीवनभर दुःख, कष्ट गर्दै आफ्नो जीवन व्यतित गर्छन् ।
मनोबल कमजोर भएका व्यक्तिहरुः आफ्नो मनोबललाई कमजोर पार्ने मानिसहरुले पनि गरिबी मै जीवन बिताउँछन् ।
अरुलाई अपमान गर्ने व्यक्तिहरुः अरुलाई अपमान गर्ने व्यक्तिहरु पनि कहिल्यै धनि बन्न सक्दैनन् । किनकी धनी बन्न र सम्मान पाउन अरुलाई पनि सम्मान गर्नुपर्छ ।
स्त्रीलाई अपमान गर्ने मानिसः स्त्री अर्थात नारीहरु शक्ति हुन । लक्ष्मीको रुप हुन् । त्यसैले स्त्री अर्थात नारीलाई सम्मान नगर्ने मानिस पनि जीवनभर धनि बन्न सक्दैनन् । नारीलाई गलत दृष्टिले हेर्नेहरुमाथि लक्ष्मीको नजर पर्दैन ।
लगनशील भएर कर्म नगर्ने मानिसः जीवन धेरै संघर्षशिल छ । जसले मेहनत र संघर्ष गर्छ उसले मात्र सफलता हात पार्न सक्छ । त्यसैले अल्छी मानिसहरु कहिल्यै धनी बन्न सक्दैनन् ।
कुलतमा फसेका व्यक्तिः कुलतमा फसेका व्यक्तिहरुले पनि जीवनमा धन हात पार्न सक्दैनन् । यीनिहरु कहिल्यै धनको सदुपयोग गर्न जान्दैनन् । जतिसुकै कमाउने मानिस किन नहोस् यदि ऊ कुलतमा फसेको छ भने कहिले धनी बन्न सक्दैन् ।(एजेन्सीको सहयोगमा


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया