

भारतबाट थप सलह आउने सम्भावना टर्यो

ई–साझाकुरा, साउन २६
सीमावर्ती भारतमा भएका सलह तत्काल नेपाल आउने सम्भावना टरेको छ । नेपाल छिरेका धेरै सलह मौसम अनुकूल नभएपछि मरिसकेका र थोरै मात्रै सक्रिय भएकाले अरु धेरै क्षति नगर्ने प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

दुई दिनअघि घाम लाग्दा म्याग्दी, पाल्पा र गुल्मीका केही ठाउँमा सक्रिय सलह कीराले थोरै क्षेत्रमा क्षति गरेको केन्द्रका प्रमुख सहदेव हुमागाईंले बताउनुभयो । थोरैको संख्यामा भएका सलह देखिएमा टिन, थाल ठटाउनुका साथै ध्वनी निकालेर भगाउन पनि उहाँले आग्रह गर्नुभएको छ ।
तर २,४ वटा कीरा देखिनेबित्तिकै सखापै पार्यो भन्दै सामाजिक सञ्जालमा अनावश्यक हल्ला नफैलाउँन पनि केन्द्रले आग्रह गरेको छ ।
यस्ता हल्लाले अनावश्यक चिन्ता थप्ने भएकाले त्यसो नगर्न केन्द्रका प्रमुख हुमागाईंले अनुरोध गर्नुभएको छ । उहाँले किसानलाई अनावश्यक हल्लाका पछि नलाग्न पनि आग्रह गर्नुभएको छ ।


खबर सबै
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु
-
कोशी प्रदेशबाट मनसुन नेपाल भित्रियो
-
प्यूठान : विद्यालयबाट फर्केका नाबालक दाजुभाइ पुगेनन् घर, भेटियो शव
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात









प्रतिक्रिया