

भारतले भन्यो– ‘बुद्ध नेपालमै जन्मिएका हुन्, यसमा शङ्का छैन’

ई–साझाकुरा, साउन २५
भारतले गौतम बुद्ध जन्मभूमि नेपाल नै भएको बताएको छ । यसअघि भारतीय विदेश मन्त्री एस. जयशङ्करले गौतम बुद्धलाई ‘महान् भारतीय’ भन्दै विवादास्पद टिप्पणी गरेका थिए ।

त्यसलगतै नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकाल्दै बुद्ध नेपालमै जन्मिएको, यो विवादरहित, इतिहास र पुरातात्विक तथ्यमा आधारित भन्दै खण्डन गरेको थियो ।
नेपालको प्रतिक्रिया आइसकेपछि भारतको विदेश मन्त्रालयले प्रेस विज्ञप्ति निकाल्दै विदेश मन्त्री जयशङ्करको विवादास्पद टिप्पणी सच्याएको हो ।
‘गौतम बुद्ध नेपालमा जन्मिएको बारे कुनै शङ्का छैन’, भारतको विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ ।


खबर सबै
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु
-
कोशी प्रदेशबाट मनसुन नेपाल भित्रियो
-
प्यूठान : विद्यालयबाट फर्केका नाबालक दाजुभाइ पुगेनन् घर, भेटियो शव
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात









प्रतिक्रिया